प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/nepal-11722_nbosiix.gif

महत्त्वपूर्ण सूचना

logo/nepal-11722_nbosiix.gif

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व द्वादशी - १२

प्रा .डा. रामचन्द्र बास्तोला

प्रा .डा. रामचन्द्र बास्तोला

प्रमुख, बालरोग विभाग

बालबालिका स्वस्थ र प्रगतिशील समाजका आधार हुन्। उनीहरूको सेवा गर्नु हाम्रो लागि केवल व्यावसायिक जिम्मेवारी मात्र नभई हृदयबाट गरिएको आजीवन प्रतिबद्धता हो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (PoAHS) अन्तर्गत बालरोग विभागको प्रमुखको रूपमा, प्रत्येक नवजात शिशु र बालबालिकालाई करुणामय, प्रमाणमा आधारित तथा बालमैत्री सेवा प्रदान गर्न समर्पित टोलीको नेतृत्व गर्न पाउनु मेरो लागि गौरवको विषय हो। हाम्रो विभागले नवजात तथा बालरोग सेवाको गुणस्तर सुधार, सघन उपचार सेवा विस्तार, बाल पोषण प्रवर्द्धन, तथा भावी बालरोग विशेषज्ञहरूको शैक्षिक विकासमा निरन्तर कार्य गरिरहेको छ।

PoAHS मा बालरोग सेवा

PoAHS को बालरोग विभागमा ४९ शय्याको सामान्य बालरोग सेवा, PICU तथा आइसोलेसन सुविधा, र ४० शय्याको NICU (Level I–III) सहित प्रदेशकै अग्रणी नवजात सघन उपचार सेवा उपलब्ध छ।८ शय्याको आधुनिक PICU, १० शय्याको पोषण पुनर्स्थापना केन्द्र (NRC), तथा KMC सहितका नवजात आपतकालीन सेवाले गम्भीर अवस्थाका बालरोगी तथा नवजात शिशुलाई चौबीसै घण्टा गुणस्तरीय उपचार प्रदान गर्दछ।

विभागमा प्रमुख बालरोग विशेषज्ञ ,बालरोग विशेषज्ञ  एबम  नवजात सिसू  रोग विशेषज्ञ, MD रेसिडेन्टहरू तथा प्रशिक्षित नर्सिङ टोली कार्यरत छन्। Double Volume Exchange Tranfusion, पेरिटोनियल डायलाइसिस, तथा अन्य जीवनरक्षक प्रक्रिया नियमित रूपमा सञ्चालन गरिन्छ। साथै, PECCT, SNCU, CB-IMNCI, FB-IMNCI लगायतका तालिम तथा शैक्षिक कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्।

हाम्रो विश्वास छ— कुनै पनि बालबालिका भूगोल वा आर्थिक अवस्थाका कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुनु हुँदैन। यही लक्ष्यसहित, हाम्रो विभाग सबैभन्दा संवेदनशील बालबालिकाको सेवामा समर्पित छ।

अभिभावकज्यू, सहकर्मी, अस्पताल प्रशासन तथा शुभेच्छुकहरूबाट प्राप्त विश्वासप्रति हामी  हार्दिक आभार व्यक्त गर्दछौ । सँगै मिलेर हामी अझ प्रभावकारी र भरोसायोग्य बालरोग बिभाग निर्माण गर्नेछौँ।

आजका स्वस्थ बालबालिका — भोलिको सशक्त राष्ट्र निर्माता 

प्रा.डा. रामचन्द्र बास्तोला
प्रमुख, बालरोग विभाग
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान